कङ्गोमा पहिरो, दश खानी कामदारको मृ’त्यु


पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोको दुई अस्थायी खानीमा भीषण वर्षापछि आएको प’हिरोमा परी कम्तीमा १० जनाको मृ’त्यु भएको स्थानीय अधिकारीहरूले शनिबार बताएका छन् । दक्षिण किभु प्रान्तको फिजी एन्क्लेभमा बिहीबारदेखि शुक्रबार रातिको भारी वर्षापछि यो प्रकोप आएको स्थानीयहरूले बताएका छन् ।
 
पहिरोले सो क्षेत्रका दुईवटा सुन खानी स्थलमा क्षति पुगेको छ । अस्थायी खानीका  १० जनाको मृ’त्यु, नौ जना घा’इते, र बेपत्ता छन् । अधिकांश पी’डितहरू कारीगर खानीका रहेका बताइएको छ ।  दुई खानी साइटहरूमा बारम्बार पहिो आउने गरेको बताइएको छ । 

दश जनाको मृ’त्यु भएको पुष्टि भएको र अन्य शव निकाल्ने खोजी टोलीले प्रयास गरिरहेको स्थानीय रेडक्रसका अधिकारी ओनेसफोर काबन्डिल्वाले बताउनु भएको छ । अन्य शव निकाल्न खोजी टोलीले प्रयास गरिरहेको उहाँले बताउनु भएको छ । डिसेम्बरको मध्यमा, मुसलधारे वर्षाको कारण आएको बाढीले देशको पश्चिममा रहेको राजधानी किन्शासामा एक सय ६० भन्दा बढी मानिसको ज्यान गएको जनाइएको छ । रासस

 प्रदेश १ मा नयाँ सरकार गठनका लागि एक साताको समय दिएर दाबी पेश गर्न आह्वान गरिएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि आइतबार आह्वान गरेका हुन्। प्रदेशमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठन हुने छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण उपधारा (१) बमोजिम सरकार गठन हुन सक्ने अवस्था छैन। 

‘मुख्यमन्त्री नियुक्तिका लागि नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश १ को प्रदेशसभाको सदस्यलाई दाबी पेश गर्न प्रदेश प्रमुखबाट आह्वान भएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको पत्रमा भनिएको छ।