आगलागीबाट मादी गाउँपालिका–१ सिक्लेसका निवर्तमान वडाध्यक्ष गुरुङको मृ’त्यु


कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको आफ्नै घरमा आ””गलागी हुँदा ज”लेर मृ”त्यु भएको छ । आ”गलागीका कारण निर्वतमान वडाध्यक्ष गुरुङको मृ”त्यु भएको वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । उनका अनुसार आइतबार राति १०:३० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको थियो । सुरजकुमार वि.सं २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए।

मृतक गुरुङकै घरदेखि आगलागी सुरु भएको हो । कपडा पसल सञ्चालन गर्दै आउएका उनी घरमा एक्लै बस्ने गर्थे । उनका छोरा/बुहारी गाउँकै अर्को घरमा बसोबास गर्दै आएको बताइन्छ । आगलागीबाटसँगैको तौबहादुर गुरुङको घरसमेत जलेर पूर्ण क्षति भएको वडाध्यक्ष देवीजङ्गले जानकारी दिए । तौबहादुरको घरमा स्थानीय धनबहादुर गुरुङले किराना पसल सञ्चालन गर्दै आएका थिए । के कारणले आगलागी भएको भन्ने यकिन हुन सकेको छैन। -रासस

यस्तै-नाबालिग किशोरीमाथी जबरज”स्ती क”रणी गरेको आ”रोपपछि फरार रहेका निजगढ नगरपालिका-२ का वडाध्यक्ष राजु श्रेष्ठले प्र”हरीसमक्ष आत्मसमर्पण गरेका छन्। श्रेष्ठले आइतबार राति निजगढस्थित ईलाका प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका हुन्। किशोरीको परिवारले असोज २५ गते निजगढस्थित इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि वडाध्यक्ष श्रेष्ठ फरार रहेका थिए। श्रेष्ठविरुद्ध १५ वर्षीया किशोरीमाथी जबरज”स्ती क”रणी गरेको आ”रोपमा किटानी जाहेरी परेको छ।

वडाध्यक्ष श्रेष्ठले असोज १९ गते दशैंको टिकाको दिन आफ्नै घरमा जबरज”स्ती क”रणी गरेको भन्दै किशोरीको परिवारले प्रहरीमा जाहेरी दिएका थिए। उक्त जाहेरीपछि प्रहरीले वडाध्यक्ष श्रेष्ठको खोजी गरिरहेको थियो। इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले आँफै सम्पर्कमा आएका वडाध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताएका छन्। श्रेष्ठ नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।