अमेरिका नपुग्दै पानामाको जंगलमा अस्तायो मदनको सपना


सुर्खेत,रुकुम पश्चिम — रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१० का २० वर्षीय मदन शाही गत फागुन १८ मा संगठित मानव तस्करको सहयोगमा अमेरिका हिँडेका थिए । काठमाडौंबाट दुबई हुँदै स्थानीय दलालमार्फत अमेरिका हिँडेका उनी मंसिर २४ देखि सम्पर्कविहीन छन् । सामाजिक सञ्जालमा पानामाको जंगलबीच खोला तर्ने क्रममा बगेर मदनको मृ’त्यु भएको खबर फैलिएको छ । दुबईमा झन्डै तीन महिना बिताएका उनी एजेन्टको सहयोगमा १० महिना लगाएर पानामा पुगेका थिए ।

दाइ कपिलका अनुसार पछिल्लोपटक सम्पर्क हुँदा मदनले आफू कोलम्बियामा रहेको बताएका थिए । ‘त्यसयता सम्पर्क नभएपछि हामीले सोधीखोजी गरिरहेका थियौं,’ उनले भने, ‘गत बिहीबार सामाजिक सञ्जालमा नराम्रो खबर फैलियो तर पुष्टि हुने जानकारी पाएको छैन ।’ पाँच दाजुभाइमध्ये मदन काइँलो हुन् । दुई दिदीबहिनी छन् । सामाजिक सञ्चालन र मिडियामा मदनको मृत्युको खबर फैलिएपछि परिवार चिन्तामा डुबेको छ । कपिलले भने, ‘फेसबुक र समाचारहरूमा भाइ नरहेको खबर फैलिएको छ तर हामीले कसरी पत्याउने ?’

संगठित मानव तस्करको भर परेर अमेरिका जानेको संख्या जिल्लामा बढ्दै गएको छ । यसले पीडितको लाखौं रुपैयाँ डुब्ने जोखिम त छँदै छ, अवैध रूपमा हिँडेकाहरू बेपत्ता हुने र मृत्यु हुने क्रम पनि बढेको छ । गत असोज अन्तिम साता पानामाको समुद्रमा डुंगा दु’र्घटना भयो । अवैध रूपमा अगाडि बढिरहेको उक्त डुंगामा सवार थिए– रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ का २५ वर्षीय प्रदीप खत्री र मुसीकोट नगरपालिका–५ का ४० वर्षीय रमेश गौतम । डुंगा दु’र्घटनामा बे’पत्ता भएका उनीहरूको श’व दुई दिनपछि भेटिएको थियो ।

‘दुःखजिलो गरेर छोरालाई अमेरिका पठाइयो तर न ऊ पुग्न पायो न पैसा फिर्ता भयो,’ रमेशका काका हेमराज गौतमले भने, ‘उसको मृत्युपछि परिवारको अवस्था झन् कमजोर भएको छ । भएको जग्गा–जमिनको उब्जनीले खान पुग्दैन । परिवारमा कमाउने कोही नभएपछि थप तनाव भयो ।’ उनले गाउँका १० जनासँग ४० लाख रुपैयाँ ऋण सापटी खर्च गरेर छोरालाई अमेरिका पठाएको जानकारी दिए । अहिलेसम्म एक रुपैयाँ पनि कर्जा तिर्न नसकेको उनले बताए ।

रुकुम पश्चिमका गाउँबाट युवा अवैध रूपमा अमेरिका जाने लहरै चलेको छ । मुसीकोट नगरपालिकाका रातामाटा, धेरैनीचौर, चौतारालगायत गाउँका हरेकजसो घरका युवा अमेरिका गएका छन् । सानीभेरी, चौरजहारी, त्रिवेणीलगायत स्थानीय तहबाट पनि अमेरिका पुग्ने युवाको संख्या बढिरहेको छ । ‘अमेरिका गएकाको कमाइ र प्रगति देखेर त्यहाँ जान सबै लालायित छन्,’ अमेरिकाबाट दुई वर्षअघि डिपोर्ट भई फर्किएका मुसीकोट नगरपालिका–४ का केशव केसीले भने, ‘अवैध बाटो जाँदाको दुःख र जोखिमको कुरै नगरौं ।’ उनी पनि पानामाको जंगलमा दुई ठाउँमा लडेका थिए भने एकपल्ट सर्पले टोकेको थियो । उनले अमेरिका जाँदा ५१ लाख रुपैयाँ खर्च भए पनि आफूलाई भाग्यले साथ नदिएकाले डिपोर्ट भएको बताए ।

यस्ता-तेस्रोपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहिँ पुस २६ गते विश्वासको मत लिने भएका छन् । सोमबार संघीय संसदका महासचिवलाई पत्र लेख्दै प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने उल्लेख गर्र्दै उक्त दिन प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा समावेश गर्न अनुरोध गरेका हुन् । संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । उक्त प्रावधनअनुसार नै प्रधानमन्त्री प्रचण्डले पुष २७ गते विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई ७ दलको समर्थन छ । जसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसद रहेका छन् । नेकपामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए ।