दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर १० वर्षिय बालक बेप”त्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ती बालक बिहीबार बिहान बे’पत्ता भएका हुन् । तर प्रहरीमा भने शनिबार मात्रै खबर आएको हो । बेप”त्ता हुने बालक व्यास गाउँपालिका – ४ डोकटको हुन् । उनकी आमा त्यसअघि नै खर का”ट्नका लागि भारतीय जंगलमा गएकी थिइन् । त्यसपछि उनी पनि आमालाई पछ्याउँदै त्यसतर्फ हिँडेका थिए । तर उनी तुइनबाट खसेर बेपत्ता भएका हुन् ।
ती बालक दार्चुलाकै बालक ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्थे । खबर प्राप्त भएपछि प्रहरीको टोली बालकको खोजीमा लगिरहेको बताइएको छ। यो पनि-अमेरिकामा नेपाली मूलका एक पुरुषको बिहीबार राति गोली हानी हत्या गरिएको छ । अमेरिकाको कोलोराडोस्थित एक कन्भिनियन्स स्टोर संचालक (मालिक) भेषराज लामिछानेलाई गो”ली ”हानी ह”त्या गरिएको हो । लामिछाने तनहुँको दमौलीका हुन् । तर उनी आठ वर्ष अघि (सन २०१४) मा डि”भी परेर अमेरिका पुगेका थिए।
बिहीबार राति एक बन्दुकधारीले गो”ली चलाउँदा उनलाई लागेको हो । र, उनको घट”नास्थलमै मृ”त्यु भएको बताइएको छ । ५३ वर्षका लामिछानेमाथि गोली चलाउने अपराधीलाई प्र”हरीले नियन्त्रणमा लिएको बताइएको छ । गो”ली चलाउने अपराधि २६ वर्षका स्वानाथन डि एन्जेलो रहेको त्यहाँको प्र”हरीले जनाएको छ। लामिछानेको चार सन्तान रहेको बताइएको छ । यो पनि-प्रदेश – १ को मुख्यमन्त्रीमा एमालेका सांसद हिक्मत कार्कीले दाबी पेश गर्ने तयारी भएको छ ।
नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखले दिएको समय आज दिउँसो ५ बजे सकिँदै छ । त्यसअघि नै एमालेका सांसद कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् । सत्तारुढ गठबन्धनबीच शीर्ष तहमा भएको भागबण्डामा प्रदेश- १ को मुख्यमन्त्री नेकपा एमालेले पाएको हो । त्यस्तै माओवादीले माओवादीले सभामुखमा चित्त बुझाउनु परेको छ । शीर्ष नेताको बैठकपछि आजै प्रदेश – १ को सरकारमा दाबी गर्ने गठबन्धनको तयारी भइरहेको हो ।
मुख्यमन्त्रीको दाबी गर्दै आएका माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले प्रदेश – १ एमालेको भागमा परेको पुष्टि गरे । उनले प्रदेश सभामुख भने माओवादीले लिने पनि स्पष्ट पारे ।