कर्णाली राजमार्गमा खसेको पहिरो हटाइयो, एकतर्फी यातायात सञ्चालन



काठमाडौँः दैलेखको दुल्लु नगरपालिका–१० भल्लुको खोलामा पहिरो हटाएपछि कर्णाली राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

मंगलबार बेलुकी पहिरो खसेपछि अवरुद्ध भएको सडक बुधबार बिहान पहिरो पन्छाएसँगै १० बजेदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । पहिरोका कारण केही समय यातायात पूर्ण रूपमा रोकिएको थियो । अहिले सडक एकतर्फी मात्रै सञ्चालनमा रहेकाले चालक तथा यात्रुलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

वर्षायाममा उक्त क्षेत्रमा थप पहिरो खस्न सक्ने जोखिम रहेको प्रहरीले जनाएको छ ।