काठमाडौँः माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको टनेलबाट ६ वटा शव निकालिएको छ।
सैनिक मुख्यालय जंगी अड्डाका अनुसार टनेलको ढलानका लागि बुनिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला पारी निकालिएको हो।
शव निकाल्ने कार्यमा सुरक्षाकर्मीका साथै आयोजनाका प्रतिनिधिहरू पनि खटिएका छन्। टनेलको भित्री भागमा समेत अन्य शवजस्तो आकृति देखिएको जनाइएको छ। खोज तथा उद्धार कार्य जारी छ।





