भारतमा कोइला बालेर सुतेका चन्द्रकी ४ वर्षीया छोरीसहित एकै परिवारका तीन जना नेपालीको निसा’स्सिएर ज्यान गयो


भारतको मेरठमा एकै परिवारका तीन जना नेपालीको ज्या’न गएको छ । चिसोबाट बच्न राति कोइला बालेर सुतेका र धुवाँले निसा”स्सिएर ४ वर्षीया छोरीसहित दम्पतीको हिजाे ज्या’न गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । कैलाली चौमालाका ३८ वर्षीय चन्द्र, उहाँकी श्रमिती ३४ वर्षीया राधा र छोरी अञ्जलीको ज्यान गएको हो । चन्द्र मेरठको टिपी नगरका उद्यमी आलोक बंसलको घरमा घरेलु श्रमिकको रुपमा काम गर्दै आउनुभएकाे थियाे ।

चन्द्रको परिवारलाई त्यो घरको तेस्रो तलामा एउटा कोठा दिइएको थियो । हिजो नयाँ वर्षको दिन दिउँसोसम्म पनि कोही कोठाबाट बाहिर नआएपछि घरबेटी त्यहाँ पुग्दा ढोका बन्द अवस्थामा थियो । ढोका फुटाएर हेर्दा चन्द्र र राधाको ज्यान गएको र अञ्जली बेहोस अवस्थामा भेटिएका थिए ।

यस्तै- नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक पुस २४ गते बस्ने भएको छ । नेपाल समाजवादी पार्टीको आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल तथा निर्णय गर्न बैठक बस्न लागेको हो । काठमाडौंमा बस्ने बैठकमा नेपाल समाजवादी पार्टीको आगामी रणनीति, आवश्यक कार्ययोजना तथा समसामयिक राजनीतिक विषयमाथि बैठकमा छलफल हुने पार्टीले जनाएको छ ।

नेसपा र माओवादीबीच पार्टी एकता तथा समाजवादी केन्द्र गठनको विषयमा छलफल जारी रहेको अबस्थामा बस्न लागेको नेसपाको राजनीतिक समितिको बैठकलाई अर्थपूर्ण मानिएको छ ।