रुपन्देहीको सैनामैना नगरपालिकाको–६ मा बालिकामाथि यौन दु”र्व्यवहार गरेको आरोपमा एक युवा प”क्राउ परेका छन् । घरमा अभिभावक नभएको मौका छोपी साँझको समयमा आगो ताप्ने बहाना पारी घरमा आई जवरज;;;स्ती गर्ने २५ वर्षीय मधु सोमरेलाई प”क्राउ गरिएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । आगो ताप्ने वाहनामा घरमा आई जव”रजस्ती करणी गर्ने मनसायले बालिकाको संवेदनशील अंगहरुमा छुने चलाउने तथा जवरज”स्ती क”रणी गर्न खोजेको आरोपमा सोमरेलाई सैनामैना नगरपालिकाको सुखौराबाट प”क्राउ गरी जवरजस्ती करणी उद्योग कसुरमा अनुसन्धान भैरहेको छ ।
बालिकाको आमा विदेशमा भएको र घरका बुबा पनि काममा गएको मौका पारी आफूलाई जवरजस्ती करणी गर्न खोजेको कुरा बालीकाले छिमेकी महिलालाई बताएकी थिइन् । सो बारे जानकारी पाएपछि स्थानीयले प्र”हरीलाई खबर गरेका थिए । यो पनि-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बैठक सुरु भएको हो ।
यही पुस २५ गतेदेखि सुरु हुने संसद् अधिवेशनमा पार्टी रणनीति र खेल्नुपर्ने भूमिकाका बारेमा केन्द्रित रहेर बैठकमा छलफल हुनेछ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारी एवं सङ्घीय संसद्का सांसदहरुको सहभागिता छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको अधिवेशन यही पुस २५ देखि प्रारम्भ हुँदैछ ।
निर्वाचनबाट कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेर सबैभन्दा ठूलो दल बने पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था छ । सङ्घीय ससंद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र( का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो ठूलो दल नेकपा (एमाले) लगायत सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री दाहालले यही पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तय भएको छ ।