भिरबाट लडेर श्रीमानको मृ’त्यु भएपछि श्रीमती र ३सन्तानको बिचल्ली’ सहयोगको लागि अपिल


कर्णाली प्रदेशको कालिकोटमा एक दु:खद घ’टना घटेको छ।भनिन्छ ´आर्थिक अवस्था नाजुक भएकाले मरेपछि पनि सुख पाउदैनन् ।मृ’तकको काजकिरिया गर्ने रकमको अभावमा कालिकोटको एक परिवार बिजोग भएको छ।कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका -८ का २८ बर्षिय राजेन्द्र बिष्टको पौष १६ गते भिरबाट लडेर नि’धन भयो ।घाँसपात गर्ने गएका उनी कहिले घर नआउने गरि सधैंका लागि अस्ताए। दैनिक ज्यालादारी गरेर परिवारमा जिविकोपार्जन गर्दै आएका राजेन्द्रको मृ’त्यु पछी परिवारमा ठुलो ब’ज्रपात आइलाग्यो ।

यसै पनि दैनिक जिवनयापन गर्न समेत कठिनाइ भई गरिबी र अभावमा बाँचिरहेको यो परिवारमा यति बेला ठुलो बज्रपात आइलागेको छ।उनको नि’धनपछि ३ सन्तान र एक श्रीमतीको बिचल्ली भएको हो।परिवारमा आर्थिक अवस्था कमजोर भएपछि तीन सन्तानको बि’चल्ली भएको छ। उनको २१ बर्षिया श्रीमती पिरङका उनका ३ सन्तान र परिवारको आर्थिक अवस्था निकै कमजोर भएपछि किरिया खर्चको पनि अभाव भएको छ।३ सन्तानको भविस्य पनि अन्धकार देखिन्छ ।मृतक बिष्ट परिवारलाई किरिया खर्च एवं बलाबच्चाको आर्थिक सहयोग गर्न अपिल गरेका छन ।

घरमा ३ बच्चा छन् ।उनिहरुको अहिले बिचल्ली भएको छ।उनीहरुको पालन -पोषण र पढाइ खर्च जुटाउने अब कोहि नि छैनन् ।पिरिङकाले भनिन् आफैले कसले सम्हाल्ने हो भने चिन्ता लागेको बताइन् ।जिम्मेवारी काँधमा थपिएको छ ,गरि खाने खेतीवारि पखेरो छैन ।हुदो हो पनि गरिखाने मान्छे नै दैवले खोस्यो। यो परिवारमा आइपरेको बज्रपातले सिङ्गो गाउँ बस्तीलाई नै पी’डित बनाएको पाइन्छ ।घरका मान्छेकै मृ’त्यु भएपछि अब यी बालकहरुको रेखदेख कसले गर्ने भने चिन्ता बढेको बताएकी छिन् ।

बच्चाहरुको बिचल्ली हुन्न नदिन आफुले वडा कार्यालय र गाउँ पालिकामा कुरा राखेर सहयोग लागि सक्दो पहल गर्ने वडा अध्यक्ष लालबहादुर बिष्टले बताएका छन । अनुराग धमाला दिगम्बर टि-आर

यो पनि- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा आज भएको भेटमा समर्थनसहित सरकारलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री दाहालले दुवै अध्यक्षसँग सरकारलाई विश्वासको मत दिन आग्रह गरे । यही पुस १० गते एक सय ६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा नियुक्त हुनुभएका दाहालले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् ।नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।