पर्सामा अ’पहरण गरेको आरोपमा चार जना बालक प”क्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले अपहरण तथा शरीर बन्धक बनाएको आ’रोपमा चार जना बालकलाई प’क्राउ गरेको हो। प’क्राउ परेकाहरू नाबालक भएकाले उनीहरूको पहिचान खुलाइएको छैन। कार्यालयका डिएसपी दीपक गिरीका अनुसार घ;टना शनिबार बिहान साढे ५ बजे भएको हो। वीरगन्ज महानगरपालिका-१६ इनर्वा बस्ने १६ वर्षीय बालक आफ्नो घरको आँगनको कलमा हात मुख धोइरहेका थिए।
त्यही बेला उनीसँगै कक्षामा पढ्ने चार जना साथीहरूले मिलेर कम्बलले उनलाई छोपेको डिएसपी गिरीले बताए। बालकलाई नियन्त्रणमा लिएर मुखमा कपडा कोचेर बोल्न कराउन समेत नदिई घरबाट ३ सय मिटर टाढासम्म लगेको पाइएको छ। सुनसान खाली चौरमा लगेर मुखमा गलबन्दी, पन्जा तथा रूमाल समेत कोचेको पाइएको छ। कालो केबलको तारले मुखको कपडा नखुस्कियोस् भनेर र हात खुट्टासमेत बाँधेर नियन्त्रणमा लिएको डिएसपी गिरीले बताए।
परिवारले आफ्ना छोरा हराएको भन्ने खबर दिएपछि प्र’हरीको टोली खटिएको थियो। उक्त टोलीले अप’हरणमा परेका बालकको उद्धार गरेको हो। यस्तै आरोपित चार जना बालकलाई पनि नियन्त्रणमा लिइएको छ। पीडित र प’क्राउ परेका आरोपितहरू कक्षा १० मा पढ्ने विद्यार्थी हुन्। डिएसपी गिरीका अनुसार अपहरणमा परेका बालक सधैँ कक्षामा प्रथम हुने गर्थे। उनीमाथि रिस, द्वेश र आरिसका कारण अप’हरण गरेको पाइएको हो। अपहरण गर्ने बालकहरूलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। उनीहरूलाई महिला तथा बालबालिका सेलमा राखेर अनुसन्धान गर्न लागिएको हो।
यस्तै-प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ कि सक्दैनौँ भन्ने विषय नै अहिलेको पहिलो र महत्वपूर्ण विषय भएको बताए । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु सबै जनताको निरन्तर निगरानीमा रहेकाले उनीहरुको जीवनमा सार्थक परिवर्तन ल्याउन लागिपर्नुपर्ने बताए । प्रधानमन्त्रीले समस्या केलाएर बस्ने छुट नभएको भन्दै समाधानको सूत्र खोज्नुपर्नेमा जोड दिए ।
यो पनि-नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभामा रहेका सबै दल तथा स्वतन्त्र सांसदलाई सरकारको पक्षमा विश्वासको मत दिन आग्रह गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयका आज बसेको बैठकले सबै राजनीतिक दल र स्वतन्त्र सांसदलाई विश्वासको मत दिन आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा यही पुस १० गते नयाँ सरकार गठन भएको छ । सरकारले मङ्गलबार विश्वासको मत लिँदैछ ।
सरकार गठनको क्रममा कूल एक सय ६९ सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए । संविधानअनुसार सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । माओवादी केन्द्रको संसदीय दलको आजको बैठकमा राष्ट्रियसभातर्फका दलका नेता एवं उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सांसदहरुले निर्वाह गर्नुपर्ने समग्र भूमिकामा बारेमा दिशानिर्देश गर्नुभएको प्रमुख सचेतक पाण्डेले जानकारी दिए ।
बैठकमा दलका नेता एवं प्रधानमन्त्री दाहालले सबै सांसदलाई व्यक्तिगत रुपमा पनि सरकारको पक्षमा विश्वासको मत दिने वातावरण बनाउन र अन्य दलका सांसदहरुसँग पनि छलफल गर्न आग्रह गर्नुभएको पाण्डेले बताए ।