हालसम्मकै उच्च मूल्य कायम गरेको सुनको मूल्य आज भने एक सय रुपैयाँले घट्यो


हालसम्मकै उच्च मूल्य कायम गरेको सुनको मूल्य आज भने एक सय रुपैयाँले घटेको छ । मंगलबार तोलाको एक लाख छ हजार तीन सय रुपैयाँ पुगेको सुनको मूल्य आज (बुधबार) एक सय रुपैयाँले घटेको हो । मंगलबारको मूल्य हालसम्मकै उच्च हो । यसअघि गत वर्षको फागुन २५ गते सुनको मूल्य तोलामा एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख छ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार सात सय रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन मंगलबार एक लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर छ । सुनको मूल्य प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँ कायम गरिएको छ ।

यो पनि पढ्नुहोस
नेपाल प्रहरीले पेट्रोलियम पदार्थलाई खुलारुपमा बोतल र जर्किनलगायतका सामग्रीमा बिक्री नगर्न र सिधै सवारीसाधनमा भर्न आग्रह गरेको छ। अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थ खुलारूपमा बिक्रीवितरण गर्दा असुरक्षा बढेकोले उक्त निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौं जारी गरेको विज्ञप्तीमा उल्लेख छ। मंगलबार दिउँसो नयाँबानेश्वरको संसद भवन अगाडि इलामका प्रेमप्रसाद आचार्यले शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाएका थिए। सोही घ’टना भएपछि असुरक्षा भएको भन्दै प्र’हरीले उक्त विज्ञप्ती मंगलबार राती सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पछिल्लो समय काठमाडौंका केही पेट्रोलपम्पबाट खुलारूपमा बोत्तल, जर्किनलगायत भाँडोमा अति प्रज्ज्वलनशील पदार्थ बिक्री वितरण भएको भन्दै त्यसलाई तत्काल रोक्न पेट्रोलपम्प सञ्चालकलाई आदेश दिएका छन्। पेट्रोलपम्पबाट सिधै सवारीसाधनमा भर्नेबाहेक खुलारूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानुनबमोजिम हैदसम्मको कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।