आ”त्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा मृ”त्यु भएको छ। उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृ”त्यु भएको डा. किरण नकर्मीले जानकारी दिए।इलामका प्रेमप्रसाद आचार्यले मंगलबार दिउँसो नयाँ बानेश्वरको मूल सडकमा शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका थिए। प्रहरीले आचार्यको तत्कालै उद्धार गरी कीर्तिपुरस्थित बर्नअस्पताल लगेको थियो।
म एक आम युवा, आम उद्यमी, आम ब्यवसायी, प्रेम प्रसाद आचार्य सन्तोष (जन्म २०४३ भाद्र १, बतन सुर्योदय (फिक्कल)-११, केराबारी, इलाम, प्रदेश १) रङिन सपनाहरु बुनेर, परिवार, समाज र देश प्रतिको जिम्मेवारि बहन गर्दै अगाडि बढिरहेको थिए। आज छत्तिसौ वसन्त पार गरि सक्दा पनि गरिएका कर्मबाट केही उपलब्धी हासिल गर्न नसकेको तितो सत्यलाइ ओकल्दै मैले यो देशमा पढ्दा, जागिर खादा, ब्यपार गर्दा, बैदेसिक रोजगारमा जादा एबम उद्योग चलाउदा भोग्नु परेका समस्या र ती समस्याहरुबाट पाएको शून्य उपलब्धी आज सरसरती यो सामाजिक सन्जालमा लेख्ने अनुमती चाहान्छु। यो एक आत्मबृतान्त पनि हो र मेरो असफलताको कथा पनि हो।
गृह मन्त्रालयले आ’त्मदाहबाट मृ”त्यु भएका प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्न समिति गठन गरेको छ। बिहीबार गृह मन्त्रायका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो। अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्र”हरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य रहनेगरी समिति गठन गरिएको हो।
समितिले आचार्यले उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्ने र त्यससम्बन्धमा सरकारले के-के गर्नुपर्ने हो सुझाव तयार पार्नेछ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यले उठाएका विषयवस्तुबारे छानबिन गर्ने निर्णय गरेको थियो। इलामका आचार्यले मंगलबार नयाँ बानेश्वरमा आ”त्मदाह गरेका थिए। लगत्तै कर्तिपुर बर्नअस्पताल पुर्याइएका उनको बुधबार विहान मृत्यु भएको थियो।
https://youtu.be/AE-TfRHGkzk