रोकिरहेको ट्रकमा बस र कार ठो”क्कियो, १ को मृ”त्यु २ जना घा’इते ।


भैरहवामा ट्रक, बस र कार एक–आपसमा ठो”क्किँदा एक जनाको मृ”त्यु भएको छ भने दुईजना घा”इते भएका छन् । सडकमा बिग्रेर रोकिराखेको लु २ ख ६०६ नं को ट्रकमा ३ लु २ ख ६०३८ नं को बस र ग १ च ३७१३ नं को निजी कार ठो”क्किँदा बसका चालक तनहुँ भीमाद नगरपालिका–५ का २१ वर्षीय हरिश तिवारीको मृ”त्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घाइ”तेको भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ ।

भैरहवामा लागेको बाक्लो हुस्सु र तीव्र गतिका कारण दु”र्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आज बिहान भएको दु”र्घटनामा बसका कर्मचारी पश्चिम नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ का ३९ वर्षीय वासु घिमिरे र सोही ठाउँका १६ वर्षीय दीपेश घिमिरे घा”इते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए। भैरहवा तथा आसपासमा हुस्सुका कारण हुने दु”र्घटनालाई ध्यानमा राखेर जिल्ला प्र”हरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय रुपन्देहीले संयुक्त रुपमा विभिन्न जनचेतनामूलक कार्यक्रम चलाएका छन् ।

जिल्ला ट्राफिक कार्यालय रुपन्देहीका प्रमुख साकारराज पन्तका अनुसार अभियान अनुसार ‘रिफ्लेक्टिङ स्टिकर’ टाँस गरिएको छ ।

यो समाचार पनि पढ्नुहोस

सौन्दर्य प्रतियोगिताका नाममा नाबा”लिगलाई जबर्ज”स्तीकरणी गरेको आ”रोप लागेका मनोज पाण्डे (मनोजकुमार जैसी)लाई मानव बेचबिखन मुद्दामा ७ वर्षको कै”द सजाय सुनाइएको छ ।काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई ७ वर्षको कैद सजायसहित ७५ हजार क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो ।

यसअघि माघ १० गते काठमाडौं जिल्ला अदालतले पाण्डेलाई बालयौन दु’रुपयोग र मानव बेचबिखन मुद्दामा दोषी ठहर गरेको थियो  । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी भएकी एक किशोरीलाई पाण्डेले होटलमा बोलाएर जबर्ज”स्तीकरणी गरेको भन्दै पी”डितले सामाजिक सञ्जालबाट उक्त घटना सार्वजनिक गरेकी थिइन् ।