टर्कीको भूकम्पपछि घर भत्केर पुरिएका फुटबल खेलाडी क्रिस्टियन अत्सु मृत फेला


टर्कीको भूकम्पपछि घर भत्केर पुरिएका फुटबल खेलाडी क्रिस्टियन अत्सु मृत फेला परेका छन्। भूकम्प गएको झण्डै दुई सातापछि उनको शव फेला परेको हो। घानाका ३१ वर्षीय खेलाडी अत्सुले इंग्लिस प्रिमियर लिगमा एभरटन, चेल्सी र न्युक्यासलका लागि खेलेका थिए।

६ फेब्रुअरीका दिन अन्ताक्यामा उनको अपार्टमेन्ट भत्केपछि उनी हराइरहेका थिए।पछिल्लो समय उनी टर्कीको क्लब हतायस्परमा थिए। हाम्रो दु:ख व्यक्त गर्ने कुनै शब्द छैन,’ आत्सुको क्लब हटायस्पोरले ट्वीट गरेको छ,’हामी तिमीलाई कहिल्यौ बिर्सने छैनौं आत्सु, चीर शान्तिको कामना।’

यसअघि नै आत्सुलाई जिवितै उद्धार गरिएको समाचार बाहिरिएको थियो। तर, अर्को दिन उनी आत्सु नभएको खुलेको थियो टर्की र सिरियामा भुकम्पका कारण हालसम्म ४५ हजारभन्दा धेरैको ज्यान गइसकेको अल जजिराले बताएको छ।