पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा न.२ हरकपुरा स्थित रहेको गण्डक नहरमा सोही वडाका महलबारी बस्ने तिर्थराम थारुको श्रीमती २९ वर्षीयकी (मानसिक सन्तुलन सामान्य नरहेकी ) प्रतिमा थारुले आफ्नो दुई छोरा वर्ष ९ को क्रिश थारु र वर्ष ७ को सुमित थारुलाई समेत साथमा लिई पानीमा हाम फालि बेपत्ता भएको जिल्ला प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताएका छन् ।
गण्डक नहरमा तिनै जनाको खोजीकार्य गरि रहदा हाल सम्म कोही फेला नपरेका छ । हाम फालेकी थारूकी श्रीमान रोजगारीको शिलशिलामा भारत रहेको र घरमा सासु रहेकी थिन । महिलाले कुन कारणले दुईजना बालक सहित गण्डक नहरमा हाम फालेको भन्ने कुरा हालसम्म नखुलेको र अनुसन्धान कार्य भईरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो ।
हाम फालेको स्थानिय मार्फत प्रहरी चौकी कुडियामा खबर प्राप्त हुनासाथ तत्काल उक्त स्थानमा कुडिया चौकीबाट प्रहरी बरिस्ठ हवल्दार बिज्ञान भट्टराईको कमाण्डम ३ जना र ईलाका प्रहरी कार्यालय बेलाटारीबाट प्रहरी निरीक्षक नवराज के.सी.को कमाण्डमा ७ जनाको टोली खटि गए स्थानिय र प्रहरीको सक्रियतामा खोजतलास कार्य भईरहेको प्रहरीले जनाएको छ ।