अष्ट्रेलियामा छोरो भेट्न आएकी एक नेपाली आमाको विमानस्थलमै दुखःद निधन भएको छ । आमाको निधनले बिछिप्त छोराले शव नेपाल पठाउन सहयोग संकलन अभियान थालेर सबैलाई सकेको साथ सहयोग गर्न आह्वान गर्नुभएको छ ।
सिड्नी विमानस्थलमा आइपुग्दा बेहोस हुनुभएको र एक घण्टा पछि उहाँको दुखद निधन भयको हो।न्यु साउथ वेल्सस्थित वागावागामा बस्दैआउनुभएका छोरा राजुलाई भेट्न काठमाडौंको सुकेधाराबाट आउनुभएकी ५५ वर्षिया आमाको निधनले सिंगो तामाङ परिवार विछिप्त बनेको छ ।
मृतक ठुलिकान्छीका छोरा राजुसँगको समन्वयमा यतिबेला एनआरएनए अष्ट्रेलियाले आमाको शव स्वदेश (नेपाल) लैजान आर्थिक संकलनका लागि गोफण्ड मी अभियान सुरु गरेको छ ।