दाङमा बालविवाह गरेको आरोपमा ३ जना पक्राउ

मेचीकाली खबर
मेचीकाली खबर
२२ चैत्र २०७९, बुधबार
शेयर

दाङमा बालविवाह गरेको आरोपमा प्रहरीले किशोर किशोरीसहित तीन जनालाई पक्राउ गरेको छ ।

विवाह गर्दै गरेको अवस्थामा प्रहरीले विवाह गराउन सहयोग गरेको आशङ्कामा दुलहीकी काकी नाता पर्ने ३७ वर्षीया एक महिलालाई पनि नियन्त्रणमा लिएको हो ।

प्रहरीले बङ्गलाचुली गाउँपालिका ४ गहतेराकी १५ वर्षीया किशोरी, वडा नम्बर ८ हाँसिपुर स्यालाका १६ वर्षीय किशोर र एक जना महिलालाई नियन्त्रणमा लिएको हो । उनीहरूविरुद्ध बालविवाहको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिनुभयो । केटाकेटीका परिवारले आपसी समझदारीमा विवाह गराएको उहाँले बताउनुभयो

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।