अमेरिकी डलरसहित त्रिभुवन विमानस्थलबाट तीन विदेशि नागरिक पक्राउ


अवैध रूपमा अमेरिकी डलर बाह्य मुलुक लैजान लागेको आरोपमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दुई बंगलादेशी र एक भारतीय नागरिक छन्।

प्रहरीका अनुसार बंगलादेशी नागरिकहरू ३७ वर्षीय एमडी मोफिजुल इस्लाम, ४७ वर्षीय देवासहिस कुमार साह र भारतीय नागरिक ४३ वर्षीय सन्दिप कुमार पक्राउ परेका हुन्।

बंगलादेशी नागरिकहरू मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका जान लागेका थिए। उनीहरूबाट २० हजार अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ।

भारतीय नागरिक कुमार भने दुबई हुँदै अमेरिका जान लागेका थिए। उनीबाट ७ हजार १२९ अमेरिकी डलर बरामद गरेको हो।

उनीहरूमाथि थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभागमा पठाएको प्रहरीले जानकारी दिएको छ।