भ्रष्टाचारको एउटा फाइल खोल्दैमा सरकारको सफलता भन्न मिल्दैनःरवि लामिछाने

रास्वपाका सभापति रवि लामिछानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नमील्ने बताएका छन्।

आज काठमाडौंको नक्सालमा नागरिक अगुवाहरू मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरूद्ध वृहत आन्दोलनमा पत्रकारहरूसँग कुरा गर्दै उनले एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुने बताए।

अन्य धेरै लाइनमा रहेका काण्डहरूको पनि अनुसन्धान भए सरकारको सफलता मान्ने उनले बताए।भुटानी शरणार्थी काण्डको अनुसन्धान गरेकाले सरकारलाई धन्यवाद दिनुपर्ने पनि उनले बताए।

‘नेपालले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीहरूलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रिय देशलाई देखाउनुपर्छ। देशको बेइज्जत होइन भ्रष्टाचार गर्नेहरूको उजागर भयो। विभिन्न देशका पूर्वप्रधानमन्त्रीहरू हतकडी लाएर जेल गएको देखेका छौं। यो देशको बेइज्जत भएको होइन यो देशको इज्जत बढेको हो,’ उनले भने।

नेपालले पनि पूर्वप्रधानमन्त्रीहरूलाई हतकडी लगाएर जेलमा कोच्ने नजिर राख्नुपर्ने उनको भनाई छ ।