ट्रक र मोटरसाइकल ठोक्किँदा तनहुँमा एक जनाको मृत्यु

मेचीकाली खबर
मेचीकाली खबर
६ असार २०८०, बुधबार
शेयर

पृथ्वीराजमार्गस्थित जिल्लाको आँबुखैरेनी गाउँपालिका २ एक्लेफाँटमा बुधबार बिहान ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मुग्लिङबाट लमजुङतर्फ जाँदै गरेको ना ६ ख ३०१६ नम्बरको ट्रक र सोही दिशाबाट जाँदै गरेको बा ७० प ९४७४ नम्बरको मोटरसाइकल ठोक्किई दुर्घटना भएको जिल्ला प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले बताए ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार लमजुङ सुन्दरबजार नगरपालिका ९ का ५८ वर्षीय चन्द्रबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको खाणले बताए ।

त्यस्तै मोटरसाइकल चालक तनहुँ आँबुखैरेनी गाउँपालिका २ मार्कीचोक घर भई हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका ३ का ५५ वर्षीय राजु गुरुङ घाइते भएका छन् । घाइते राजुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।