काठमाडौः न्यायपरिषद्ले उच्च अदालतका लागि तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ।
परिषद्ले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालत सुर्खेत, जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेलाई उच्च अदालत जनकपुर र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत विराटनगरमा पदस्थापनाका लागि सिफारिस गरेको हो। त्यस्तै, न्यायपरिषद्को बैठकले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ।
ठगीन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाल सचिवमा बढुवा भएका हुन्। कट्टेल र दाहाललाई सर्वोच्च अदालतको रजिष्ट्रार तथा भट्टराईलाई न्यायपरिषद्को सचिव बनाउने निर्णय भएको छ।





