जेन्जी सांसदलाई प्रधानमन्त्रीको आग्रहः ‘नवीन सोच र प्रविधिबाट स्वदेशमै अवसर सिर्जना गरौँ’


काठमाडौँः प्रधानमन्त्री वालेन्द्र शाहले जेन्जी पुस्ताका सांसदलाई नवीन सोच र सूचना–प्रविधिको प्रयोग गर्दै आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी तथा अवसर सिर्जना गर्न आग्रह गरेका छन् । उनले राजनीतिलाई मात्र पेशा नबनाई छुट्टै आम्दानीको आधार तयार गर्दै आत्मनिर्भर बन्न सांसदहरूलाई सुझाव दिएका छन्। साथै, नयाँ पुस्ताले प्रविधि र सिर्जनशीलताको प्रयोगमार्फत देशमै रोजगारी तथा आर्थिक अवसर विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।