एन्फा कार्यालयमा सीआईबीको छापा, केही कागजात नियन्त्रणमा


काठमाडौँः प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मुख्यालयमा छापा मारेको छ । सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार अनियमितताको आशङ्कामा शुक्रबार एन्फा कार्यालयमा छापा मारिएको हो । अनुसन्धानका लागि आवश्यक केही कागजात नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।