पाँच करोडको डिल गर्ने मुख्य योजनाकार सिंह पुर्पक्षका लागि कारागार चलान


दाङमा हनि ट्रयापमा पारेर करोडौ रुपैया बार्गेनिङ गर्ने मुख्य योजनाकार अनुष्का सिंह पुर्पक्षका लागि कारागार चलान भएकि छिन । सोमबार भएको थुन छेक बहसमा दाङ जिल्ला अदालतले गढवा ६ घर भई हाल तुलसीपुर बस्दै आएकि ३५ बर्षिय अनुष्का सिंह भनेर चिनिने कृष्णि गहतराजले मुख्य योजना बनाई हनि ट्रयापमा पारेर फसाउन खोजेको भन्दै उनलाई कारागार चलान गर्न आदेश दिएको हो । जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको एकल इजलाशले दुई वटा नागरिकता भएकि सिंहलाई पुर्पक्षका लागि जे’ल पठाउने आदेश दिएको छ ।

प्रहरीले एक पुरुष र २ जना महिलासहित ३ जनालाई प”क्राउ गरेर मुद्धा चलाएको थियो । अर्कि एक जना महिला भने १ लाख धरौटि रकम तिर्न नसकेर का”रागार चलान भएकि हुन भने जाहेरवाला सरकारी कागज किर्ते मुद्धामा पुरुष साधारण तारिखमा रिहा भएका छन । हनि ट्रयापमा पैसा असुल्न खोज्ने आपराधिक लाभ मुद्धामा घोराही १० नारायणपुरका २७ बर्षिय रुद्रबहादुर केसि, तुलसीपुर १८ ग्वारखोलाकि ३६ बर्षिय कृष्णिकुमारी बस्नेत जनही १ लाख धरौटीमा छुटेका छन ।

मुख्य योजनाकार भनीएकि अनुष्काले दुई वटा नागरिकता र स्कुटिको लाईसेन्स बनाउन जाहेरवाला प्रेमले सहयोग गरेको भन्दै दुबै विरुद्ध सरकारी कागजात किर्तेमा पनि मुद्धा प्रहरीले चलाएको थियो । उनिहरु बिचको मोबाईल मेसेज र मेसेन्जरको कुराकानी हेर्दा ५ करोडको बार्गेनिङ गरेको देखिएको र नगद ३० लाख बुझेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । बार्गेनिङ गरे अनुसारको थप पैसा माग्नेक्रममा उनिहरुलाई प्र”हरीले समातेको थियो ।

जाहेरवाला सरकारि किर्ते कागज लिखतमा मुद्धा चलाईएका प्रेमबहादुर खड्का साधारण तारीखमा रिहा भएका छन । व्ल्याकमेलिङ गर्दै मोटो रकम नदिए बलात्कार मुद्भा हाल्ने भनेर ती महिलाहरुले धम्कि दिदै आएका थिए । ती पीडित ब्यबसायीले आफुलाई यौ’न सम्बन्धको प्रस्ताब राख्दै व्ल्याकमेलिङ गर्न खोजेपछि प्रह”रीमा जाहेरी दिएका थिए । जाहेरीपछि प्र”हरीले घोराहीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

यो पनि-अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको ह”त्या गर्ने भारतीय सिरियल किलर परेका छन्। श्रंखलावद्ध रूपमा वृद्ध तथा एकल महिलाहरूको ह”त्या गरी गरगहना तथा नगद लुट्ने कार्य गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुसान्त सिंह र उनकी श्रीमतीलाई अर्घाखाँची प्रहरीले प”क्राउ गरेको हो। उनले श्रींखलाबद्ध रूपमा यही पुष १७ गते अर्घाखाँचीको शितगंगा नगरपालिका-१० बहखोरकी ६० वर्षीया राधा थापा, गएको कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका-५ की ७५ वर्षीया जीवकला थापा र गएको असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका-४ की ७० वर्षीया योगमाया गैरेको ह”त्या गरेको जिल्ला प्र”हरी कार्यालयका प्रमुख मुकुन्दप्रसाद रिजालले बताए।

श्रीमतीसँग मिलेर ह”त्या गरेको सुसान्तले बताएपछि श्रीमती शितगंगा नगरपालिका-१० सिद्धाराकी २२ वर्षीय शिवा परियारलाइ प्रहरीले प”क्राउ गरेको हो। सिंह दम्पत्तीलाई प्र’हरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। उनीहरू दुवैलाई कर्तव्य ज्यान मुद्दा चलिरहेको प्रहरी प्रमुख प्र”हरी नायव उपरीक्षक रिजालले बताए।