प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उहाँ सफल भएका थिए ।
पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनुभएको थियो ।
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।
यो पनि-लापरबाहीका कारण नवजात शिशुको मृ”त्यु भएको भन्दै दमकको आम्दा अस्पतालमा आज आक्रोशित समूहले तो”डफोड गरेको छ । आ”क्रोशित भीडले अस्पतालको प्रसूति गृहमा तोडफोड गर्नुका साथै त्यहाँका सिसी क्यामेरा फुटाएको अस्पताल प्रशासनले जनाएको छ । घ”टनालाई नियन्त्रणमा लिन प्र’हरी नै पुग्नुपरेको थियो । इलाका प्रहरी कार्यालय दमकका प्र’हरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पाँचथरको तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्का र उनकी श्रीमती रोशा कट्वाललाई आइतबार राति १०ः३० बजे शल्य’क्रियामार्फत पुत्रलाभ भएको थियो ।
नव’जात शिशुको अवस्था आज बिहानसम्म सामान्य रहेको तर अचानक बिहान ९ बजे शिशुमा समस्या देखिएपछि समयमै उपचार नहुँदा नवजात शिशुको मृ”त्यु भएको पी”डित खड्काको आरोप छ । सु”त्केरी आमाको अवस्था जटिल भई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको बताइएको छ । प्रनाउ गिरीको पहलमा पीडित पक्ष र अस्पताल प्रशासनबीच आज दिउँसो छलफल भई सहमति भएको बताइएको छ ।
आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश शर्माले शिशुको उपचारमा सक्दो प्रयास गरे पनि बचाउन नसकेको भन्दै दुःख व्यक्त गरे।