बिजाैरीमा बाइककाे ठ’क्करबाट चालकसहित २ जना घा’इते


दाङकाे बिजाैरीमा माेटरसाइकलकाे ठ”क्करबाट पैदलयात्री सहित २ जना घा”इते भएका छन् । घा”इते हुनेमा तुलसीपुर उपमहानगरपालिका १८ हेमन्तपुर निवसाी १८ वर्षका निरज बुढाथाेकी र रा४प ६८८ नम्बरकाे माेटरसाइकल चालक घाेराही १२ नयाँबजार निवासी ४५ वर्षका नरबहादुर बुढामगर रहेका छन् । घाेराहीबाट तुलसीपुर तर्फ जाँदै गरेकाे माेटरसाइकलले बिहान करिब साढे सात बजे ठ”क्कर दिएकाे थियाे । घा”इतेकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेकाे छ ।

यस्तै-दाङको दङ्गीशरण गाउँपालिकामा वडा– १ मा ट्याक्टरबाट खसेर एक जनाको मृ”त्यु भएको छ । मृ”त्यु हुनेमा दङ्गीशरण गाउँपालिका वडा–१ का ५२ बर्षीय रुद्रबहादुर बहादुर भण्डारी रहेको इलाका प्र”हरी कार्यालय तुलसीपुरले जनाएको छ । बाँकीबाट गोल्टाकुरी तर्फ जाँदै गरेको भे१त४०६६ नम्बरको ट्याक्टरको बिचभाग टोचनमा चढ्नुभएका भण्डारी खसेपछि पछाडीको भागले कि”चेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिनुभयो । मृ”तक भण्डारीको श”वलाई पो”र्टमाटम को लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । ट्याक्टर र चालकलाई प्र”हरीले नियन्त्रणमा लिइएको छ।