बर्षाका कारण नेपाल र यूएईको फाइनल खेल स्थगित, खेल अब भोली हुने

मेचीकाली खबर
मेचीकाली खबर
१८ बैशाख २०८०, सोमबार
शेयर

एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएईबीचको खेल आज सोमवारका लागि स्थगित भएको छ । वर्षाका कारण आजको खेल रोकिएको हो ।

कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरिरहेको यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन बनाएको अवस्थामा खेल वर्षाका कारण रोकिएको हो । दिनभर झरी नरोकिएपछि अब खेल भोलि मङ्गलवारमात्रै हुने भएको हो । अब यूएईले भोलि आजकै अवस्था अर्थात् २७ ओभर ३ बल– १ सय ६ रनको अवस्थाबाट खेल थाल्नेछ ।

आज यूएईलाई १ सय ६ रन बनाउँदा ९ विकेट गुमाउने अवस्था ल्याउन ललित राजवंशीले ३ तथा करण केसी र सन्दीप लामिछानेले २र२ विकेट लिए । गुल्सन झा र सोमपाल कामीले १र१ विकेट लिए ।

भोलिको खेल पनि वर्षाले रोकिएमा ओभर घटाएर खेलाइनेछ । ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर खेलाइनेछ । सुपर ओभर पनि हुन नसक्ने अवस्थामा भने एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको आधारमा नेपाल विजेता हुनेछ र आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा छनोट हुनेछ । एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।