बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत भेटिएका छन् । जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता आज बिहान शौचालयमा झुन्डिएको अवस्थामा भेटिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए ।
मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए । घटनाबारे मृतकको परिवार र आफन्तलाई खबर गरिएको तथा यसबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आर्चायले बताए ।