काठमाडौँः राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन् । मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार दाहाललाई आइतबार बिहान बेलबारीबाट पक्राउ गरिएको हो ।
दाहालविरुद्ध मोरङमा कुनै उजुरी नरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय उनी बालेन शाह नेतृत्वको सरकारविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै आएका थिए । प्रहरीका अनुसार साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई पक्राउ गरिएको हो । ब्युरोले काठमाडौं जिल्ला अदालतबाट दाहाललाई पक्राउ गर्न अनुमति लिएको थियो ।
प्रहरीले दाहाललाई आइतबार नै काठमाडौं पठाउने जनाएको छ । दाहाल बेलबारीमा एउटा कार्यक्रमका लागि पुगेका थिए । यद्यपि, उक्त कार्यक्रमबारे आफूहरूलाई कुनै जानकारी नभएको प्रहरीले जनाएको छ ।





