आफ्नै कोठामा मृत फेला परेकी प्यूठानकी एक यूवतीको रहस्य’मय मृ”त्यु भएको आठ दिन बितिसक्दा पनि प्रहरीले आ”रोपित व्यक्तिलाई नियन्त्रणमा लिएको छैन । प्यूठान नगरपालिका–५ जुम्रिकाँढा पूर्णगाउँकी २२ वर्षीय लालमती खत्री क्षेत्री सिद्धार्थनगर नगरपालिका वडा नम्वर १३ भैरहवा हाटबजार नजिकै आफ्नै कोठामा झु”ण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनको ह”त्या हो वा आत्मह”त्या यसबारे ठोस अनुसन्धान भएको छैन । तर, मृ”तकका परिवारले लालमतीको हत्या भएको भन्दै भैरहवाकै एक यूवाको नाममा लिखित जोहरी दिएका छन् ।
दुई वर्षदेखि भैरहवामा लक्ष्मी बुटिङ टेलरिङ सेन्टर संचालन गर्दै आएकी खत्रीको अकस्मात मृ”त्यको खवर प्रहरीले पु¥याउँदा परिवार पिडामा छन् । बहिनीले आफ्नै कारणले आत्मह”त्या नगरेको भन्दै उनको कोठामा भेटिएका प्रमाणहरुसहित कान्छो दाई टेकराज केसी आठ दिनदेखि बहिनीको न्यायको खोजीमा भौतारिएका छन् । लालमती घरकी झाइली (कान्छी माथिकी) छोरी हुन् । परिवारले सिद्धार्थनगर नगरपालिका वडा नम्वर १ रुपन्देहीका ३० वर्षीय जोर्डन विक्रम श्रेष्ठको नाममा किटानी जाहेरी दिएका छन् ।
‘बहिनीको कोठामा आ”रोपित व्यक्तिको नेपाली नागरिकता र सेतो गन्जीको कपडा भेटिएको छ’, दाई टेकराजले प्रश्न गर्दै भने, ‘प्रमाणसहित प्र’हरीलाई लिखित जाहेरी दिँदा पनि प्रहरीले किन प्र’क्राउ गर्दैन ? जिल्ला प्र”हरी कार्यालय भैरहवामा परिवारले जाहेरी दिएका छन् । आरोपित व्यक्तिको खोजी हुँदैछ, हुँदैछ भनेर मात्र प्रहरीले टार्न खोजेको परिवारको गुनासो छ । बहिनी र आरोपित व्यक्तिको बीचमा भिडियो च्या’टको कुराकानी, बहिनी बस्ने कोठामा भेटिएको कपडा लगाएर बनाएको भिडियो र सार्थक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भैरहवामा दुवै जनाले गरेको बचत पासबुक परिवारले प्रहरीलाई दिएका छन् ।