काठमाडौं नाइट्सका खेलाडीलाई फिक्सिङको प्रस्ताव, कप्तान मल्ल भन्छन्-एन्टी करप्सन युनिटलाई खबर गरिसक्यौँ


नेपाल टी-२० लिग खेलिरहेका काठमाडौं नाइट्सका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको कप्तान ज्ञानेन्द्र मल्ले बताएका छन्। नेपाल क्रिकेट संघ (क्यान)सँग प्रायोजन अधिकार किनेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको आयोजनामा जारी प्रतियोगिताका खेलमा फिक्सिङ भइरहेको चर्चाले अहिले क्रिकेट वृत्त तरिङ्गित छ। मंगलबार विराटनगर सुपर किङ्ग्सविरुद्धको खेलपछि पत्रकार सम्मेलनमा कप्तान ज्ञानेन्द्रले एक खेलाडीलाई प्रस्ताव आएको बताए।

‘मुख्य कुरा पेमेन्टको नै थियो,’ ज्ञानेन्द्रले भने, ‘हामी र टिम अनरबीच कम्युनिकेसन ग्याप भइरहेको छ। त्यही भएर जिम्मेवार पक्ष अगाडि आइदिनुस् भनेर पहिले ‘कंक्रिट’ कमिटमेन्ट गरियोस् भनेको हो। कप्तान ज्ञानेन्द्रले खास के भइरहेको छ भन्ने नै थाहा नभएकाले मैदानमा पहिले कुरा सुनिदिनुहोस् भनेको बताए। पहिले भएका बाचाहरू पूरा हुनुपर्ने थियो, हुनुपर्ने भन्ने थियो। जो आउनुपर्ने सम्पर्कमा आउनु भएन, त्यही भएर कन्सर्न देखाएको हो,’ ज्ञानेन्द्रले भने, ‘प्राय टिमको अवस्था यही छ। विदेशी खेलाडी जाने, नमान्ने कुराले गर्दा विवाद भएको हो।’

‘अरु टिमको थाहा छैन, हाम्रो (काठमाडौं नाइट्सको) एउटा खेलाडीलाई ‘अप्रोच गरेको थियो,’ ज्ञानेन्द्रले पत्रकारलाई उत्तर दिँदै भने, ‘हामीले एसीयू (एन्टी करप्सन युनिट)लाई जानकारी गराएका छौं। अप्रोच आउनु र फिक्सिङ हुनु फरक भएको बताउँदै ज्ञानेन्द्रले कसले गरेको कताबाट प्रस्ताव आएको गोप्य राख्नु नै खेलाडीका लागि पनि सही हुने बताए। जारी लिगअन्तर्गत आज बिहान तय भएको काठमाडौं र विराटनगर सुपर किङ्ग्सबीचको खेलअघि खेलाडी टस गर्न मानेका थिएनन्। सम्बन्धित निकायलाई अगाडि ल्याउन आफूहरुले त्यसो गरेको पनि ज्ञानेन्द्रले बताएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले आज रातिसम्म पारिश्रमिक दिने आस्वासन दिएपछि खेल सुरु भएको ज्ञानेन्द्रले बताए। आज रातिसम्म सबै कुरा हुने भन्ने तयारी छ। हुन्छ भन्ने आसमा छौं,’ उनले भने, ‘भएन भने भन्दा पनि हुन्छ भन्नेमा आशावादी छौं। भएन भने त्यही बेला निर्णय होला। टिम मालिकसँग कुराकानी नभएको र टिम व्यवस्थापक तथा कप्तानहरूले कुरा गर्दा पनि ठोस कुरा नआएको उनले बताए। यो सबैभन्दा ग्रान्ड टुर्नामेन्ट र जिम्मेवार पक्षबाट हुँदा अझै ढुक्क हुन पाइन्छ भन्ने आश हुन्छ,’ ज्ञानेन्द्रले भने।

यस्तै-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति आजको आवश्यकता भएको बताएका छन्। मंगलबार राजधानीमा आयोजित प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व र अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पौडेलले प्राप्त उपलब्धी संस्थागत गर्न तथा संविधान जोगाउनका लागि एकसाथ जानुको विकल्प नभएको बताए। हामीले ७० वर्षसम्म लडेर प्राप्त गरेको लोकतन्त्रलगायतका उपलब्धी रक्षाका लागि राष्ट्रिय सरकारको आवश्यकता छ भन्ने लाग्छ,’उनले भने, ‘अहिलेको परिवर्तन, व्यवस्था र संविधानलाई जोगाउनका लागि राष्ट्रिय सहमति आवश्यक छ ।’

संविधान निर्माणपछि केही समूहहरु अस्थिरताका लागि काम गर्दै आएको उनले दावी गरे। भने,’ सत्ताभन्दा पहिले व्यवस्थाका लागि लड्नुपर्छ । संविधान जारी भएपछिको पहिलो निर्वाचनदेखि नै राजनीतिक क्रान्ति पूरा भएको भन्दै अब आर्थिक क्रान्तिमा जानुपर्ने समय आएको उनको भनाइ छ। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका दलहरुबीचको गठबन्धन भत्किँदा नेपाली कांग्रेसले सत्ता गुमाएको उनको आरोप छ। जसका कारण ठूलो अस्थिरता निम्तने खतरा बढ्छ कि भन्ने चिन्ता आफूलाई लागेको उनको भनाइ छ।