अष्टेलियामा नेपाली युवती मृ’त अबस्थामा भेटिएकी छन् । नयाँ वर्षको दिन सिड्नीको वाट्सन वेमा एक नेपाली युवती मृ’त अवस्था भेटिएकी हुन् । सिड्नीको नेपाल महावाणिज्यदुत दिपक खड्का अनुसार निधन हुनेमा २२ वर्षिय प्रनिता श्रेष्ठ हुन् । न्यु साउथ वेल्स प्रहरीले घटनाको अनुसन्धान गरिरहेको तथा पो’ष्टमार्टमको प्रकृया सुरु भइसकेकाले यस बारे थप विवरण दिन नमिल्ने नेपालट्युबलाई जानकारी गराएको छ । नेपालट्युबले नेपालस्थित मृ’तकको आमा र सिड्नीस्थित सानी आमा (आमाकी बहिनी )संग सम्पर्क गरिसकेको छ ।
परिवारका सदस्यहरुका अनुसार मृतक प्रनिता निकै मिलनसार र सहयोगी स्वभावको हुनुहुन्थ्यो । प्रनिताको श’व नेपाल पठाउन सानी आमा श्वेता थापाले गोफण्डमी मार्फत सहयोग संकलन सुरु गर्नु भएको छ । नेपालमा परिवारको आर्थिक अवस्था कमजोर रहेको तथा शव पठाउन १० हजार डलर खर्च हुने भएकाले सहयोग संकलन गरिएको श्वेताले बताउनुभयो । यो दुखको घडीमा सबै मिलेर सहयोग गरिदिन स्वेताले अनुरोध गर्नुभएको छ ।
सहयोग संकलन गर्न गैर आवासिय नेपाली संघ न्युसाउथ वेल्सले समेत सघाउने संयोजक देव गुरुङले जानकारी दिनुभयो । अष्ट्रेलियामा हुनुहुन्छ र मानसिक तनावमा हुनुहुन्छ भने लाइफ लाइनको १३१११४ मा अहिले नै फोन गर्नुहोस् । यो सेवा निशुल्क उपलब्ध छ । यो पनि-दार्चुलामा तुइनबाट खसेर दार्चुलाको ब्यास गाउँपालिका २ का ३५ वर्षीय जयसिंह धामी बे’पत्ता भएको केही समयपछि फेरि अर्काे घ’टना घटेको छ ।
ब्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा बिहीबार एक बालक तुइनबाट खसेर बेपत्ता भएका हुन् । तुइनबाट खसेर बालक बेपत्ता भएपछि खोजीकार्य भइरहेको छ । बालकसँगै उनकी आमा पनि तुइन चढेर बिहीबार बिहान भारततिर खर काट्न गएकी थिइन् । तर, आमाको पछि–पछि गएका छोरा तुइनबाट नदीमा खसेर बेपत्ता हुन पुगे । सञ्चार सेवाको समस्याका कारण घ’टना शनिबार मात्रै थाहा हुन आएको हो । यो पनि- मकवानपुरको मनहरी-९ ज्यामिरेमा एक बालकको घाँटीमा गु’च्चा अड्कि’एर मृ’त्यु भएको छ ।
शुक्रबार साँझ भारतको जम्भुकटुवा घर भएर हाल मनहरीको ज्यामिरेमा सिलौटाको काम गरि बस्ने राम कुमार दासको छोरा ५ वर्षीय राम दासले खेल्ने क्रममा गुच्चा मुखमा अड्काएका थिए । बालकको घाँटीमा गुच्चा अ’ड्किएपछि सास फेर्न असहज भएपछि उपचारको लागि चितवन स्थित भरतपुर सरकारी अस्पतालमा पुर्याइएको थियो । अस्पताल पुर्याउन साथ डाक्टरले बालकलाई मृ’त घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बालकको श’व अस्पतालमानै रहेको प्रहरीले जनाएको छ ।