सामान्य विवादले सुरु भएको घरासयी झगडाले चितवनमा एक दम्पतीको ज्यान गएको छ । श्रीमतीको ह”त्या गरेर श्रीमानले आत्मह”त्या गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित खेतबारीका २३ वर्षीय प्रेमबहादुर रानामगरले चौकोस प्र”हार गर्दा उनकी श्रीमती २१ वर्षीय बुद्धिमाया रानामगरको मृत्यु भएको हो । श्रीमतीको ह”त्या गरेपछि रानाले पासो लगाएर आत्मह”त्या गरेका हुन् । उनीहरुको चार वर्षका छोरा छन् । कामबाट फर्किएपछि उनीहरुबीच झगडा भएको स्थानीयले बताए ।
सोमबार साँझ साढे सात बजेतिर घटना भए पनि बिहान मात्रै थाहा भएको वडाध्यक्ष क्याप्टेन सूर्यबहादुर गुरुङले बताए । श्रीमतीलाई खाली शंका मात्रै गर्दा अघिपछि झगडा हुने गरेको रैछ’ , उनले भने, ‘ हिजो श्रीमतीलाई चौकोसले हानेपछि आफू डोरी लगाएर झु”ण्डिएको हो । नजिकै घर नभएको कारण बिहान मात्रै थाहा पाइयो। सामान्य घरायसी विवादले सुरु भएको झगडाले ह;;त्याको रुप लिएको हो । पो”ष्टमार्टमका लागी शवलाई भरतपुर अस्पताल लगिएको छ ।’
शव घर बाहिर आँगनमा रहेको अगेनाको छेउमा मृ”त अबस्थामा फेला परेको डिएसपी नरहरि आचार्यले बताए । घ”टनाको थप अनुसन्धान भइरहेको उनले बताए । यो पनि-नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । भर्खरै सम्पन्न केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
पदाधिकारीहरुको मंगलबार बिहान बसेको काँग्रेस पदाधिकारी बैठकले प्रचण्डलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निष्कर्ष निस्कन नसकेपछि कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो । उक्त कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । तर विश्वासको मत दिए पनि काँग्रेस प्रतिपक्षमै बस्ने निर्णय भएको जनाइएको छ ।
प्रधानमन्त्री प्रचण्डले केही बेरमै नयाँ वानेश्वरमा बस्ने बैठकबाट विश्वासको मत लिँदैछन् । प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।