पोखरा जहाज दुर्घटना अपडेट : ३२ जनाको श’व निकालियो


पोखरामा भएको विमान दु’र्घटनामा ३२ जनाको श’व निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो । उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जाँदासम्म दु’र्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो । पुुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो ।

काठमाडौंबाट पोखराका लागि उडेको दु’र्घटनामा परेको यती एयरको जहाज क्याप्टेन कमल केसीले उडाएको खुलेको छ । दुई पाइलट, दुई जना एयर होस्टेस, १० विदेशी यात्रुसहित ६८ यात्रु गरी कूल ७२ जना सवार जहाज पोखरामा दुर्घटनामा परेको हो । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दु’र्घटना भएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

वडा नम्बर ७ र १५ को सीमानामा पर्ने नयाँ तथा पुरानो विमानस्थलमा दु’र्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले विमान दुर्घ’टना भएको ठाउँमा आगोको मुस्लो उठेको छ । स्थानीय, सुरक्षाकर्मीलगायत घ’टनास्थलमा आगो निभाउने प्रयासमा लागेका छन् । विमान दु’र्घटना भएको सूचना प्राप्त भएपछि अस्पताललाई उच्च तयारीमा रहन निर्देशन दिएको कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।