सन्दीपले पीडितसँग सम्पर्क गर्न नपाउने, सम्पर्क गरे फेरि थुनामा पठाइने


उच्च अदालतले पाटनले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई पी”डितसँग सम्पर्क नगर्न आदे‍श दिएको छ। १७ वर्षीया बला”त्कार पी”डित नाबालिगलाई सम्पर्क नगर्न अदालतले आदेश दिएको अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए। उनका अनुसार यदि सन्दीपले पीडितसँग सम्पर्क गरेको पुष्टि भएमा उनलाई फेरि थुनामा पठाइने कट्टेलले बताए। गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो।

यसअघि बला”त्कार आ’रोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो। लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि) लाई बला”’त्कार गरेको आ”रोप छ। तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्। बिहीबार अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। १७ वर्षीया नाबालिगमाथि बला”त्कार आ”रोप लागेका उनलाई इजलासले उनलाई विदेश जानबाट रोक लगाएको छ।

यस्तै, उनलाई काठमाडौ‌ं उपत्यका पनि नछाड्न भनेको छ। छाड्नै पर्ने अवस्था भएमा भने जिल्ला प्रशासन कार्यालयसँग अनुमति माग्नुपर्ने अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए। इजलासले लामिछाने भाग्न सक्ने अवस्था नभएको, पी”डितलाई हानी पुर्‍याउन सक्ने अवस्था नभएको लगायतका कारणले धरौटीमा छाड्न आदेश दिएको कट्टेलले बताए। अदालतले सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिए पनि उनी भोलिमात्रै छुट्‍न लागेका हुन्।

सन्दीप नाबालिगमाथि बला”त्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। काठमाडौं जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाउन दिएको आदेशविरूद्ध सन्दीप उच्च अदालत पुगेका थिए उमेरसम्बन्धी विवाद भएपछि इजलासले उनको जन्मसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको थियो। असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।

यो पनि-प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं सांसद शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुस २६ गते विश्वासको मत दिएकोबारे नयाँ रहस्य खोलेका छन् ।बिहीबार विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको बताएका हुन् । उनले राष्ट्रपति वा उपराष्ट्रपति पाइन्छ भन्ने ग्यारेन्टी नभएको तर, मतकोअ आशा भने राखेको बताए ।

तैपनि उनको घुमाउरो बोलीअनुसार प्रधानमन्त्री प्रचण्डसँग केही सम्झौता भएरै विश्वासको मत भने दिइएको छनक पाइन्थ्यो । उनले पत्रकारहरुसँग भनेका छन्, ‘सभामुख उपुभामुखको मात्र कुरा छैन, अरु निर्वाचनहरु पनि बाँकी छ । राष्ट्रपतिको निर्वाचन, उपराष्ट्रपतिको निर्वाचनमा प्रदेशका सांसदले पनि भोट हाल्नुहुन्छ, यो सबैलाई विचार गरेर हामीले भोट हालेका हौं । तर, नेपाली कांग्रेस सत्तामा नभई प्रतिपक्षमा नै बस्ने उनले बताएका छन् । र, प्रतिपक्षमा बसेर सरकारको खबरदारी गर्ने पनि उनले बताए ।