दाङ्गमा कृषकलाइ बंगुरका पाठापाठी वितरण


दाङ्ग, लमही नगरपालिका पशुसेवा उपशाखा कार्यालय लमहीले दशजना बंगुर पालक कृषकलाइ निशुल्क बंगुरका पाठापाठी वितरण गरेको छ ।

आर्थिक वर्ष ०६७÷०७७ को वार्षिक कार्यक्रम अनुसार नगरपालिकाले नगर क्षेत्रका फम दर्ता गरेको र व्यवसायिक बंगुर व्यवसाय गर्दै आएका दशजना कृषकलाइ उन्नत जातका बंगुरका पाठापाठीहरु निशुल्क रुपमा वितरण गरिएको हो ।

शुक्रवार लमही नगरपापिलका कार्यबाहक नगर प्रमुख देबका बेल्वासे, लमही नगरपालिकाका प्रवक्त बिमहादुर केसीले संयुक्तरुपमा कृषकलाइ उन्नत जातका बंगुरका पाठापाठीहरु निशुल्क रुपमा वितरण गरिएको हो ।

ति बंगुरका पाठापाठी पैतालिस हजार बराबरको मुल्यमा खरिद गरिएको हो । पशु कार्यालयको लक्ष्य अनुसार बंगुरका पाठापाठी वितरण गरिएको छ ।

उत्पादनमा वृद्धि गर्न कृषकलाइ बंगुरको बेलन पाठापाठी वितरण गरिएको लमही नगरपालिका कार्यबहाक नगर प्रमुख देबका बेल्वासेले जानकारी दिएकि छन् ।